बोहरा मेडिको सेन्टर

संगठन विस्तार गर्न गाउँगाउँमा एमाले डडेल्धुरा

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमाले डडेल्धुरा संगठन विस्तारमा लागेको छ।

पार्टी सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण तथा पालिकाहरुको बैठक  लगायतका कार्यक्रमसहित एमाले जिल्ला नेतृत्वले गाउँ अभियान सञ्चालन गरेको छ।

CNA

पार्टीले मंसिर १५ देखी १८ सम्म जिल्लाका भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा पालिका स्तरीय बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले बताए।

GBL NEW

शाहीका अनुसार एमाले डडेल्धुराको वार्षिक कार्यक्रम तथा योजना अनुसार गतिविधिहरू अगाडि बढाइएको हो।

उनी भन्छन्, ‘कार्यक्रमको दौरानमा जनतामा एमाले प्रतिको आकर्षण बढेको पाएका छाैं।’

अभियान सञ्चालन भएका पालिकामा एमाले प्रतिको बुझाइले २०८४ को नतिजा एमालेमुखी रहने नेकपा एमाले केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज  पठानसिंह बोहराले बताए।

पार्टीले कार्यकर्ता प्रशिक्षण र जनतामाझ गएर जनगुनासो संकलनसँगै जनसेवाका गतिविधिलाई निरन्तरता दिने नेकपा एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.