बैतडीका दुई शिक्षक काँग्रेसको कार्यक्रममा, पढाइ प्रभावित

dream cafe
learnar

धनगढी : बैतडीको सुर्नया गाउँपालिका अन्तर्गतका २ शिक्षक खुल्लेयाम राजनीतिमा लाग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ।

मंसिर १६ गते वडा नं. ७ मा आयोजित नेपाली काँग्रेशको सय दिने अभियान बिशेष कार्यक्रममा पिपलाधार माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर कुँवर र घट्टेपात्थर प्रा.वि.मा कार्यरत शिक्षक गजेन्द्र मडै सहभागी भएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

Amargadhi Education

शिक्षकको राजनीति प्रतिको मोहका कारण विद्यार्थीको पढाइ प्रभावित वनेको भन्दै स्थानीयहरूले चर्को आक्रोश पोखेका छन्।

‘सार्वजनिक सेवामा संलग्न शिक्षकहरूले कुनै राजनीतिक कार्यक्रममा सहभागी हुनु अनैतिक मात्र नभई शिक्षण पेसाको मर्यादाविरुद्ध छ। शिक्षक पद बालबालिकाको शिक्षामा केन्द्रित हुनु पर्ने हो, तर यस्तो गैरजिम्मेवारीपूर्ण क्रियाकलापले उनीहरूबाट विद्यार्थीहरूले के सिक्लान् ?’ एक स्थानीयले आक्रोश व्यक्त गरे।

स्थानीयहरूले सुर्नया गाउँपालिकाले यस्तो गैर जिम्मेवार शिक्षकमाथि कुनै कारबाही नगर्नुलाई पनि प्रश्न उठाएका छन्।

अजयमेरु फाैजी केरा

‘गाउँपालिकाले शिक्षक नियुक्त गर्दा उनीहरूको दक्षता र पेसागत प्रतिबद्धतामाथि ध्यान दिनुपर्ने हो। सार्वजनिक पदमा बसेर राजनीतिक झोले बन्ने अधिकार छैन,’ अर्का स्थानीय अगुवाले भने।

स्थानीयहरूले प्रधानाध्यापक र शिक्षकजस्तो जिम्मेवार पदमा बसेकाहरूलाई आफ्नो पदबाट राजीनामा दिएर मात्र राजनीतिक क्रियाकलापमा सहभागी हुन सुझाव दिएका छन्।

‘बालबालिकाको भविष्यसँग खेलबाड गर्न कसैलाई छुट छैन। शिक्षण पेसा नैतिकता र अनुशासनमा आधारित हुनुपर्छ,’ एक अभिभावकले बताए।

यो विषयमा बुझ्न सुर्नया गाउँपालिकाका अध्यक्ष अमर कुँवरलाई टेलिफोन गर्दा उनको फोन सम्पर्क भएन्। गाउँपालिका उपाध्यक्ष मञ्जु कुँवरले भने यो विषयमा आफू जानकार नरहेको बताइन्।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले पनि आफू बिदामा रहेका कारण घटनाबारे बेखबर रहेको बताए।

यद्यपि शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको पुष्टि भएमा स्पष्टीकरण सोधी कारबाही प्रक्रियामा जाने उनको भनाइ छ। घटनाबारे शिक्षकहरूलाई बुझेन प्रयास गर्दा उनीहरू दुवै जनाको मोबाइल स्विच अफ गरीएको छ।

स्थानीयका अनुसार, ‘शिक्षण पेसा एउटा पवित्र पेसा हो। यसलाई राजनीतिकरण गर्नु बालबालिकाको भविष्यसँग अन्याय हो। यस्तो घटनाले नीतिगत सुधार र शिक्षकहरूको अनुशासनलाई सुनिश्चित गर्न स्थानीय तह र सरोकारवाला निकायहरूको तत्परता देखाउन आवश्यक छ।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.