डडेल्धुरामा जेसीजको आयोजनामा सुरु भयो खुला पुरुष भलिबल प्रतियोगिता

जिवीएल हार्डवेयर विजयी

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

डडेल्धुरा जेसीज वर्ष २०२४ को आयोजनामा आज (बुधबार)देखि पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो।

GBL NEW

प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासंघ कोषाध्यक्ष तथा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ उद्घाटन गरे।

डडेल्धुरा जेसीज वर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरका अनुसार भलिबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ।

खेलहरू डडेल्धुरा बहुमुखी क्याम्पसको प्राङ्गणमा भइरहेका छन्।

भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार २५ हजार ५ सय २५ र तृतीय पुरस्कार १५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जेसीज डडेल्धुराले जनाएको छ।

जेसीज सप्ताहअन्तर्गत आयोजित प्रतियोगिता मंसिर ७ गतेसम्म चल्नेछ।

यसैबीच, प्रतियोगिताको उद्घाटन खेलमा जिवीएल हार्डवेयर डडेल्धुराले अजयमेरु गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.