डडेल्धुराको लिप्नामा जीप दुर्घटना : दुईको मृत्यु, ७ जना घाइते

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका-९ स्थित दैजी-जोगबुढा सडकखण्डको लिप्नामा जीप दुर्घटना भएको हो।

Bohora madico
HARDIK AGRo NEw

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो।

दुर्घटनामा ७ जना घाइते भएका छन्।

ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ।

मृतक दुबै महिला रहेको बताइएको छ। मृतक र घाइतेको  पहिचान खुल्न बाँकी छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.