बोहरा मेडिको सेन्टर

चौलोले प्रख्यात बडाल जाँत [तस्बिरमा]

dream cafe
learnar

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै चौलोले प्रख्यात डडेल्धुराको ‘बडाल जाँत’ सम्पन्न भएको छ।

सोमबार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत् रूपमा सुरु भएको जाँत आज मंगलबार सम्पन्न भएको हो।

CNA

धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा सोमबार बेलुकीदेखि विधिवत् रूपमा देवताको पूजाआजा सुरु भएसँगै मंगलबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ भएको थियो।

लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ।

GBL NEW

दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ।

कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भएपनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ।

ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.