नविनतम योजनाका साथ व्यवसायीको पक्षमा उभिनेछु : लालमणी पन्त

dream cafe
learnar

डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा युवा व्यवसायी लालमणी पन्तले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । यहि भदौ २५ गते हुन गइहेको डडेल्धुरा उद्योग वाणिज्य संघको १२ औं जिल्ला अधिवेशनमा पन्तले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको हो । उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश समिति सदस्य समेत रहनु भएका पन्त डडेलधुराको व्यापार व्यवसायलाई प्रोत्साहन दिन आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।

अजयमेरु फाैजी केरा

वि.स. २०६६ सालमा सौर्य उर्जाको व्यवसायबाट अगाडी बढ्नु भएका पन्त डडेल्धुरा लगायत सुदुपश्चिमका पहाडी जिल्लाका गाउँगाउँ सम्म सोलार बिजुली उपलब्ध गराएको बताउनुहुन्छ । पन्त पछिल्लो समय सफल र मिहेनती व्यवसायीको रुपमा स्थापित हुनु भएको छ । रचनात्मक र नविनतम सोचबाट व्यवसायमा आएका उहाँ युवा व्यवसायीहरुका लागी सफल व्यवसायीको स्रोत बन्नु भएको छ । उहाँ भन्नुहुन्छ, बेरोजगार युवालाई व्यवसायमा जोडेर आय आर्जन र जिविकोपार्जमा सक्रिय पार्न सकिन्छ । सकारात्मक सोचबाट अगाडी बढ्दै बजारमा सेवाग्राहीमैत्री बातावरण सिर्जना गरेर व्यवसाय क्षेत्रलाई व्यवस्थित र सुदृढ गर्ने उहाँले बताउनुभयो ।

पन्तले आफ्नो उम्मेदवारी के का लागी भनेर सात बुँदे प्रतिबद्धता समेत सार्वजनिक गर्नु भएको छ । सातबुदे प्रतिवद्धतामा व्यावसायीहरुको हकहितका लागि योजना सहित कामगर्दै उद्योग वाणिज्य संघको अवधारणा अनुरूप उद्देश्य प्राप्तिका लागि इमान्दार भएर क्रियाशील रहने, संस्थामा पद्धति, पारदर्शिता, मितव्ययिता र जवाफदेहितामा जोड दिने, स्थानिय उत्पादनलाई उच्च मूल्यांकन गर्दै उचित बजारको व्यवस्थापन गर्ने कुरामा स्थानीय सरकारसँग समन्वय गरी स्थानीय उत्पादन लाई प्राविधिक रुपमा अगाडि बढाउने,व्यवसायीहरूको समस्या न्यूनीकरण गर्नका लागि स्थानिय सरकार, सम्पुर्ण राजनीतिक दल, सरकारी कार्यालय, सबै सामाजिक संघ संस्थाहरू एवं उपभोक्ता वर्गसँग समेत एकीकृत रूपमा समन्वय गरी वाणिज्य संघको भूमिकालाई अझ प्रभावकारी बनाउने, व्यावसायीहरूका लागि आपतकालीन कोष निर्माण गर्न साझा अवधारणा बनाइ कार्यान्वयन गर्न पहल गर्ने, नेपाल सरकार तथा कर कार्यलयले निर्धारण गरेका विभिन्न प्रकारका करहरुको बारेमा व्यवसायी साथीहरूलाई जानकारी गराई उचित परामर्शको व्यवस्था गर्नुका साथै कर शिक्षाको उचित व्यवस्थापन गर्ने र पर्यटन क्षेत्रको विकास, कला संस्कृति रीतिरिवाज भेषभूषाको संरक्षण र स्थानिय उत्पादन, स्थानीय प्रतिभा, स्थानिय परिकारको प्रवद्र्धनका लागि प्रत्येक वर्ष महोत्सवको आयोजना गर्ने रहेका छन् ।


बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार पन्त क्याम्ब्रिज पब्लिक स्कुल डडेलधुराका सस्थापक संचालक हुनुहुन्छ । डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका पन्त डडेल्धुरा हार्डवयर व्यवसायी संघका अध्यक्ष, मालिकार्जुन हार्डवयर प्रालिका संचालक, जि.वि एल. हार्डवयर प्रालि डडेलधुराका प्रबन्ध निर्देशक, बन्दना हार्डवयर एण्ड सप्लायर्स डडेल्धुराका संचालक, उग्रतारा शित भण्डार उद्योग प्रालि. डडेलधुराका संचालक रहनु भएको छ ।
उद्योग वाणिज्य संघ डडेलधुराको बरिष्ठ उपाध्यक्षमा आफु विजयी भएमा नविनतम योजनाका साथ व्यवसायीको पक्षमा काम गर्ने पन्तले बताउनुभयो ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.