डडेल्धुरा बजारको शाैच डोटी खोलामा, रोगको संक्रमण बढ्यो

dream cafe
learnar

डडेल्धुरा : शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित बनेको छ। वर्षौदेखि शौचालयको ढल नालीमा छोडिँदै आएको छ।

यसले जिल्ला सदरमुकामको बागबजार बगरकोट सडक बजार दुर्गन्धित बनेको छ भने विभिन्न रोगको सङ्क्रमण समेत बढेको छ। प्रशिद्ध धार्मिक मन्दिर घटालथान प्रवेश गर्ने द्वारदेखि करिब २०० मिटर दूरीसम्मको बजार क्षेत्रको शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ।

Amargadhi Education

नालीबाट दुर्गन्ध आउने भएकाले स्थानीयहरुले आ–आफनो घर अगाडीको नाली टीनका पाताले छोपेका छन्। कतिपय सेप्टी टङ्कीपनि टीनका पाताले छोपिएका छन्।

बगरकोट सडक बजार क्षेत्रका होटेल, पसल र केही स्थानीयका शौचालयको ढल खुल्ला नालीमा छोडिएको स्थानीयहरुको गुनासो छ।

बजार एरियाको ढल डोटी खोलासम्मै पुग्छ। डोटी खोलाको पानी अमरगढी नगरपालिका-२/३ का दर्जनौं गाउँले प्रयोग गर्ने गरेका छन्।

यसको उचित व्यवस्थापन हुनुपर्ने माग स्थानीयहरुको छ। तर हालसम्म पनि समस्याको समाधान हुन नसकेको भन्दै आइतबार स्थानीयहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै अमरगढगी नगरपालिकालाई निवेदन बुझाएका छन्।

अजयमेरु फाैजी केरा

यस क्षेत्रका स्थानीयहरुले फोहोर व्यवस्थापन हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई बोधार्थ राखेर अमरगढी नगरपालिकाको कार्यालयमा निवेदन बुझाएको स्थानीय पवन ऐरले बताए।

अमरगढी नगरपालिका ५ मा पर्ने यहाँबाट अमरगढी नगरपालिका २, ३ वडासँगै भागेश्वर गाउँपालिका र बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्थानीयहरुको आउजाउ गर्ने मुख्य सडक बाटो हो।

दिभरी नै यस सडकमा दोहोरो गाडी पार्किङ गरी राखिएका हुन्छन्। साँघुरो सडकमा दोहोरो पार्किङले आउजाउ गर्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढाएको छ।

यसैमाथि फोहोर व्यवस्थापन नहुनु र शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ। दुर्गन्धका कारण यस क्षेत्रमा आउजाउ गर्न निकै कठिन हुने गरेको उनले बताए।

दुर्गन्धका कारण राति घरमा बस्नै नसकिने स्थानीय राजेन्द्र पनेरुको गुनासो छ। आइतबार निवेदन बुझाएपछि सोमबार बिहान मात्रै अमरगढी नगरपालिकाले यस क्षेत्रमा सरसफाई गरेको स्थानीय गोयलदत्त पाण्डेयले बताए।

अमरगढी नगरपालिकाले बजार सबै क्षेत्रबाट प्रत्येक दिन बिहानु फोहोर उठाउने गरेको छ। तर यस क्षेत्रबाट भने थिएन। उनले आइतबार २७ जनाले सरसफाई र ढलको निकासका लागि सामूहिक निवेदन बुझाएपछि बल्ल फोहोर उठेको जानकारी दिए।

तर नालीमा मिसाइएको शौचालयको ढलले बजार दुगन्धित नै रहेको उनले बताए। नालीमा मिसाइएको शौचालयको ढलको व्यवस्थापन नगरिए महामारी फैलिन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।

केहीको लापरवाहीका कारण यस क्षेत्रमा बसोबास गर्ने हजारौं स्थानीयले यस क्षेत्र भएर आउजाउ गर्नेहरुले समस्या भोग्नुपर्ने भन्दै स्थानीयहरुले चाँडै ढल व्यवस्थापन हुनुपर्ने माग अमरगढी नगरपालिका समक्ष राखेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.