डडेल्धुराकि आरती हत्याकाण्ड : नालीमा मोटरसाइकल फेला, पक्राउ परे भण्डारी

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका-७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईको हत्या आरोपमा सोही ठाउँका ५८ वर्षीय टेक भण्डारी पक्राउ परेका छन्।

घटनास्थलबाट करिव १५/२० मिटर पूर्व तर्फ नालामा फालेको अवस्थामा भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले बताए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

२५ गते दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नफर्किएपछि परिवारले उनको खोजीकार्य थालेको थियो। तर, स्थानीयले सोही दिन राति प्लास्टिकको बोराभित्र शव रहेको भन्दै प्रहरीलाई खबर गरेका थिए।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले शव फालेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोली घटनास्थलमा खटिएको थियो।

अनुसन्धानबाट उक्त शव आरतीको रहेको खुलेको थियो। आरतीको बलात्कारपछि हत्या भएको परिवारको आरोप छ भने शव डडेल्धुरा अस्पतालमा राखिएको छ।

अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने प्रहरीको भनाइ छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.