डडेल्धुराकि आरतीको शव प्लास्टिकको बोरामा फेला, शंकास्पद एक जना पक्राउ

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा एक किशोरीको शव फेला परेको छ।

जिल्लाको अमरगढी नगरपालिका-७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको हो।

Amargadhi Education

अजयमेरु फाैजी केरा

हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए।

स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका गरेका छन्। मृतक बालिकाको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ।

इन्सपेक्टर बमका अनुसार प्रहरीले शंकास्पद एक जनालाई पक्राउ गरेको छ। तर, उनको परिचय खुलाएको छैन्। अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने प्रहरीको भनाइ छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.