नवदुर्गा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

dream cafe
learnar

डडेल्धुरा : नवदुर्गा गाउँपालिका डडेल्धुराले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ।

गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो।

GBL NEW

गाउँपालिकाले आ.व. २०८०/०८१ मा ४९ करोड ०१ लाख २२ हजार ९५३ को बजेट ल्याएको थियो। जसमध्ये ४७ करोड २९ लाख ८५ हजार ७०५ रुपियाँ निकासा भएको नवदुर्गा गाउँपालिका डडेल्धुराकाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार निकासा रकमको प्रतिशत ९६.५० प्रतिशत रहेको छ। गाउँपालिकाले पुँजीगत तर्फ ९ करोड लाख ८६ लाख ८५ हजार ९७१ रुपिया खर्च गरेको छ।

यसैगरी चालु तर्फ २७ करोड १५ लाख ५५ हजार २१६ रुपिया खर्च भएको नवदुर्गा गाउँपालिकाको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै गाउँपालिकाले आव २०८०/८१ मा १८ लाख ५२ हजार ३८६ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

गाउँपालिकाका सबै शाखाको समिष्टगत वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउँपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो।

सुनुवाईमा सडक स्तरोन्नती गर्नुपर्ने, कृषिक्षेत्रको लगानी बढाउनुपर्ने, खानेपानीको समस्या समाधानमा ध्यान दिनुपर्ने, शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि तथा शिक्षाको क्षेत्रमा विकास गर्नुपर्ने लगायतका प्रस्न तथा सुझावहरु प्राथमिकतामा रहेका थिए।

सुनुवाइ कार्यक्रममा बोल्दै नवदुर्गा गाउँपालिका डडेल्धुरा लक्ष्मी प्रसाद अवस्थी ले पालिकाको समग्र विकासका लागी जनप्रतिनिध, कर्मचारी र स्थानिय जनताको त्रिपक्षीय समन्वय आवश्यक रहेको बताए।

सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रममा उठेका सवालहरुले पालिकालाई थप पृष्ठपोषण भएकाले समृद्ध पालिका निर्माणका लागी आफु लगायतको नेतृत्वले काम गरिरहेको बताए।

पालिकाको भौतिक पुर्वाधार विकास, शैक्षिक गुणस्तर वृद्धि, कृषिक्षेत्रमा नविनतम आयोजना निर्माण, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा सकारात्मक सुधार ल्याउनेमा अध्यक्ष अवस्थीले जोडदिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला बोगटीले नवदुर्गा बासीको सेवाका लागी जनप्रतिनिधि लागीपरेको बताए। जनतालाई अनुभुती हुनेगरि सेवा प्रवाह गर्नेमा कुनै संकोच नभएको उपाध्यक्ष बोगटीले बताए।

सुशासन र पारदर्शिताका सवालमा पालिका संवेदनसिल भएर लागेको उनले बताए। सुनुवाई कार्यक्रममा लुनिभा बाल सरोकार समुह डडेल्धुराले शैक्षिक गुणस्तर सुधार संगै शिक्षा क्षेत्रको विकासको सवालमा जोड दिदै कार्यक्रामा साझेदारको रुपमा सहयोग गरेको थियो।

कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, नागरिक लगायत सामाजिक अगुवाको उपस्थिति रहेको थियो। जिल्लाका सात पालिकाहरुमा नवदुर्गा गाउँपालिका डडेल्धुरा नियमित रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गर्दै आइरहेको पालिकाको स्पमा चिनिन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.