अमरगढी टी–२० कप भोलिबाट, सांसद जोशीले उद्घाटन गर्ने

dream cafe
learnar

डडेल्धुरा:  डडेल्धुरा सदरमुकाममा आयोजना हुने ‘अमरगढी टी–२० कप पुरुष क्रिकेट प्रतियोगिता’ को ट्रफी सार्वजनिक गरिएको छ।

आज (शुक्रवार) आयोजक सम्मान–समानता आर्थिक समृद्धि डडेल्धुराले पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो।

Arthik

भोलि (शनिवार) देखि अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा आयोजना हुने प्रतियोगिताको सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले गर्ने छन्।

खाद्य

सम्मान–समानता आर्थिक समृद्धि डडेल्धुराका निर्देशक विक्रम जैरुका अनुसार १२ वटा टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगिताका विजेतालाई १ लाख नगद र उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ८ हजार, सर्वोष्कृट ब्याटरलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ।

उनीहरूलाई पनि ट्रफी र मेडल दिइने निर्देशक जैरुले बताए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.