डडेल्धुराका सीडीओ न्याैपाने एक्सनमा, अतिक्रमित संरचना हटाउन निर्देशन

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले अतिक्रमित संरचना हटाउन सक्रियता देखाएका छन्।

आज (आइवार) जिल्ला प्रशासन कार्यालयमा प्रजिअ न्यौपानेले सरोकारवालहरूको बैठक डाकेर ३५ दिने सूचना जारी गर्ने र अटेरी गरेमा अतिक्रमित संरचना डोजर लगाएर हटाउने निर्णय गरिएको छ।

Amargadhi Education

जिल्लाको मुख्य राजमार्ग छेउछाउ/सरकारी/प्रतिजग्गा भित्र निर्माण गरेका तथा भइरहेका घर टहराहरूको तत्काल विवरण संकलन गरी त्यस्ता घर टहरा हटाउने भएको हो।

त्यसका लागि अमरगढी नगरपालिका, सडक डिभिजन कार्यालय कुलपाते डोटी र डिभिजन वन कार्यालय डडेल्धुराले अतिक्रमण खाली गराउन ३५ दिने सूचना प्रकाशित गरी सरकारी प्रति जग्गाको अतिक्रमण खाली गराउने कार्यलाई उच्च प्राथमिकता दिने निर्णय भएको नायब सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए।

अजयमेरु फाैजी केरा

उनका अनुसार बागवजार जेरो प्वाइन्टदेखि उग्रतारा मन्दिरको मूल गेटसम्मको १५/१५ मिटरभित्र पर्ने घर जग्गाको वितरण गर्ने कार्य सम्पन्न भइसकेको र हालसम्म पनि मुआब्जा प्राप्त गरेका केही घरधनीहरूले घर तथा संरचना हटाएकाले सो क्षेत्र क्षेत्रका घर टहराहरू तत्काल हटाउन पनि अन्तिम पटकलाई ३५ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ ।

यदि आफैंले नहटाएको खण्डमा डोजर लगाएर हटाइने जनाइएको छ। बैठकमा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लराज जोशी, सडक डिभिजन कार्यालय डोटीका डिभिजन प्रमुख (सिडिई) रमेश भट्टाराई, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख सुरेश चन्द्र डिसी, नापी, मालपोत, विद्युत वितरण केन्द्रका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

हेर्नुहोस् निर्णय :

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.