डडेल्धुरामा महिला भलिबल प्रतियोगिता हुने

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। आयोजक जिल्ला भलिबल संघ डडेल्धुराले शुक्रवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराइएको हो।

भलिबल प्रतियोगिता यहीँ असोज २० र २१ गते जिल्ला सदरमुकाममा हुने संघका कार्यवहाक अध्यक्ष धर्मराज पन्तले जानकारी दिए। उनका अनुसार नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार तथा जिल्लामा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो।

Ird

HARDIK AGRo NEw

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ, द्विययले २५ हजार १ सय ११ तथा तृतीय हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट ब्लकर र बेस्ट सेटरलगायत अन्य विद्यामा समेत पुरस्कारको व्यवस्था गरिएको कार्यवहाक अध्यक्ष पन्तले बताए।

उनले भने, ‘प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूबाट जिल्लास्तरको टिम बनाउने छौँ। उत्कृष्ट खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने अवसर पनि पाउनेछन्।’

प्रतियोगितामा जिल्लाका सातवटै पालिकालाई टिम पठाइदिन पनि संघले पत्रकार सम्मेलनमार्फत् आग्रह गरेको छ। टिम दर्ता शुल्क पाँच हजार तोकिएको छ। यहाँका पालिकाहरूले असोज १८ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने संघका महासचिव पुस्करबहादुर देउवाले जानकारी दिए।

संघले यसअघि पुरुष र महिला भलिबल प्रतियोगिता सँगै आयोजना गर्ने निर्णय गरेको थियो। तर, एकैपटक महिला र पुरुष प्रतियोगिता सम्पन्न गर्न आर्थिक तथा व्यवस्थापकीय रूपमा नसकिने हुँदा पुरुष भलिबललाई पछि सारिएको जनाइएको छ। पुरुष भलिबल दशैँ र तिहारको बीचमा आयोजना गरिने बताइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.