रेशम र रञ्जिताको कुराे मिल्याे, पार्टीभित्रकाे किचलो साम्य

dream cafe
learnar

डडेल्धुरा : उन्मुक्ति पार्टीको आन्तरिक कलह पूर्णविराम पाएको संकेत देखिएको छ ।

श्रीमान-श्रीमतीसमेत रहेका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले आपसी मतेभत मत्थर पार्दै संयुक्त बैठक बोलाएका छन् ।

GBL NEW

०८० पुसमा भएको पार्टीको पहिलो महाधिवेशनपछि यी दुईबीच किचलो शुरु भएको थियो । त्यसयता श्रीमान-श्रीमती दुबैले आफूलाई नेतृत्व दावी गर्दै छुट्टा-छुट्टै बैठक बोलाउदै आएका थिए ।

जसको कारण पार्टी विभाजनको संघारमा पुगेको चर्चासमेत चल्यो । तर, अहिले यी दुवैले पार्टीमा संयुक्त नेतृत्व गर्ने सहमति गर्दै असोज १८ र १९ गतेका लागि बैठक डाकेका हुन् ।

रेशम र रञ्जिता दुबैले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘आपसी मतभेदलाई मत्थर पारी हामी एक हौ, एकै रहनेछौ भन्ने सन्देश सबैमाझ छर्दै पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचिन सबै केन्द्रीय सदस्य, पदाधिकारीहरुको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षको सहमतिमा ०८१ असोज १८ र १९ गते काठमाडौँमा बस्ने भएको हुँदा अनिवार्य उपस्थितिको लागि यो पत्र प्रेषित गरिएको छ ।’

Ddl dental
Leave A Reply

Your email address will not be published.