अमरगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका डडेल्धुराले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ।

शुक्रबार नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो।

Amargadhi Education

नगरपालिकाले आ.व. २०८०/०८१ मा ६० करोड ७७ लाख ३३ हजार २६९ को बजेट ल्याएको थियो।

जसमध्ये २९ करोड ९८ लाख ३०० रुपियाँ निकासा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए।

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायका अनुसार विनियोजित बजेटमा ५५ करोड, ८१ लाख, ६१ हजार ४६५ रुपैयाँ खर्च भएको छ भने प्रगति प्रतिशत ९१.८४ प्रतिशत रहेको छ।

नगरपालिकाको पुँजीगत तर्फ ९५.७५ प्रतिशत प्रतिशत खर्च र चालु तर्फ ८९.५४ प्रतिशत खर्च भएको नगरपालिकाको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ।

अजयमेरु फाैजी केरा

यस्तै नगरपालिकाले एक करोड ५० लाख राजश्व संकलन गरेको उपाध्ययले बताए।

नगरपालिकाको हलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले नगरमा भएका समस्या तथा सुझाव दिएका थिए।

सुनुवाइमा सडक स्तरोन्नती गर्नुपर्ने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने, बागबजारको सडक व्यवस्थित बनाउनु पर्ने लगाएतका प्रश्न तथा सुझावहरू प्राथमिकतामा रहेका थिए।

सुनुवाइ कार्यक्रममा बोल्दै नगरप्रमुख डिल्लीराज जोशीले नगरको विकास गर्न आफू लागि परेको बताए।

पसल तथा चोकमा आलोचना गर्नुभन्दा पनि भेटेर तथा सामाजिक सञ्जाल मार्फत गुनासो तथा सुझाव दिन उनले नगरवासीलाई आग्रह गरे।

आफूलाई काठमाडौंमा बढी बस्यो भन्ने गुनासो आएपनि नगरको विकासका लागि आफूले गरेको परिकल्पना पूरा गर्न काठमाडौं जाने गरेको उनको भनाइ थियो।

सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रममा उठेका सवालहरुले नगरको विकासका लागि थप पृष्ठपोषण भएकाले समृद्ध नगर बनाउनका लागि आफूलगायतको नेतृत्वले काम गरिरहेको दाबी गरे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.