बोहरा मेडिको सेन्टर

मंसिर १६ गते सुदूरपश्चिममा ६ पदमा उपनिर्वाचन

dream cafe
learnar

डडेल्धुरा : स्थानीय तहमा रिक्त पदाधिकारी चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि विविध कारणले रिक्त भएका जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी सुदूरपश्चिमका ६ सहित देशभरका ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

CNA

सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, दार्चुला, कैलाली र कन्चनपरका विभिन्न स्थानीय तहमा रिक्त ६ पदका लागि उपचुनाव हुँदैछ।

जसमा कैलाली जिल्ला समन्वय समिति प्रमुख र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोल्पाको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रहेका छन्।

GBL NEW

यस्तो छ, उपनिर्वाचन कार्यतालिका
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ।

उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र मातहतका कार्यालयहरुले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरेको आयोगले जनाएको छ।

स्वीकृत कार्यतालिकाअनुसार उपनिर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना यही असोज ९ गते प्रकाशन गरिने छ। असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गरिनुपर्नेछ।

असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयार पार्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने तालिका छ।

यस्तै, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गरिने आयोगले जनाएको छ। कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदान गर्नेलगायतका ६२ वटा क्रियाकलापसहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.