बोहरा मेडिको सेन्टर

लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली डकुमेन्ट पेश गरेर बनेका थिए अस्पताल अध्यक्ष

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका-२ सोल्परी घर भएका सिंहबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

CNA
GBL NEW

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन र नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारीका अनुसार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.