केआइसिंह र भीमदत्त राजमार्ग अवरुद्ध, सुनखोलामा पहिरो

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमका सात पहाडी जिल्ला र तराई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएकाे छ।

अस्ति रातिदेखि परिरहेको लगातारको पानीले भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

Amargadhi Education

डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अजयमेरु फाैजी केरा

यस्तै डडेल्धुराबाट डोटी जोड्ने केआइसिंह राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्गको रडुवामा पहिरो खसेको छ।

यता, डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयले एक सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रुपमा यात्रा गर्न पनि आग्रह गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.