बोहरा मेडिको सेन्टर

डडेल्धुराको सीडीओमा न्याैपाने हाजिर, पत्रकार भेटे

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको रूपमा चोमेन्द्र न्याैपाने आएका छन्।

अस्तिमात्रै डडेल्धुरा हाजिर भएका सीडीओ न्याैपानेले आज (बुधबार) जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रम राखेका थिए।

CNA

कार्यक्रममा सीडीओ र पत्रकारबीच कुराकानी, गुनासो तथा अनुभव आदानप्रदान भएको थियोे।

GBL NEW

पत्रकारहरूले चार्डपर्व लक्षित मात्रै बजार अनुगमन हुने, राजनीति पहुँच र भनसुनका आधारमा निमित्त हाकिम बन्ने, स्थानीय तहबाट सूचना पाउन समस्या हुने, सीमामा चोरीपैठारी, सवारीसाधनको दुरुपयोग, हाकिम कार्यालयमा नबस्नेलगाएतका समस्या रहेकोमा सीडीओ न्याैपानेको ध्यानाकर्षण गराएका थिए।

सीडीओ न्याैपानेले जिल्लामा अपराध नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाए।

सरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाह चुस्तदुरुस्त बनाउन भूमिका खेल्ने बताउँदै उनले पत्रकारले दिएको सुझाव अमूल्य र महत्त्वपूर्ण हुने बताए।

यसअघिका सिडीओ अञ्जन न्याैपानेको सरुवा भएपछि उनको ठाउँमा चाेमेन्द्र डडेल्धुरा आएका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.