डडेल्धुराका लालबहादुरबिरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली डकुमेन्टले ज्ञान केन्द्रमा थिए जागिरे

dream cafe
learnar

डडेल्धुरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा सब-इन्जिनियरविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।

अख्तियारले सोमबार कृषि ज्ञान केन्द्र, डडेल्धुराका सब-इन्जिनियर पदमा रहेर जागिर खाएका लालबहादुर बिक उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको हो।

GBL NEW

बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी नियुक्ति लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाकारी दिए।

उनले सब-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी सब-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए।

उनका अनुसार निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा उनलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानासहित माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरूका अनुसार बिकले ज्ञान केन्द्रबाट जागिर छोडेकाे एक आर्थिक वर्ष भइसकेको छ।

ज्ञान केन्द्रले सब-इन्जिनियर (करार) पदमा अर्को मान्छे राखेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.