बोहरा मेडिको सेन्टर

डडेल्धुरामा पनि मनाइयो मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस [तस्वीरसहित]

dream cafe
learnar

डडेल्धुरा : मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १८ औं राष्ट्रिय दिवस डडेल्धुरामा पनि मनाइएको छ ।

जिल्ला मूल समारोह समिति डडेल्धुराको आयोजनामा भदौ २० गते ‘तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

CNA

डडेल्धुरास्थित बागबजार क्षेत्रमा प्रभातफेरी निकालेर कार्यक्रम गरिएको हो ।

प्रभातफेरी तुफान्डाँडा चोकबाट बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो । बागबजार क्षेत्रमा सचेतनामूलक पर्चा, पम्पलेट बोकेर कार्यक्रम गरिएको हो ।

प्रभातफेरी कार्यक्रममा सहभागीले ‘आफ्नो सुरक्षामा आफैं लागौ, मानव बेचबिखन बिरुद्ध हामी सबै जागौ, हाम्रो सबैको एउटै चाहना मानव बेचबिखन रहित समाजको परिकल्पना, हामी सबै लागौं, मानव बेचबिखन अन्त्य गरौं’ लगाएतका प्ले कार्ड बोकेका थिए ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले मानव बेचबिखन विश्वव्यापी समस्या रहेको बताउनुभयो ।

GBL NEW

उहाँले भन्नुभयो, ‘यो विकराल रूपमा छ। सीमान्तीकृत समुदायका मानिसहरू बेचबिखनको जोखिममा छन्। न्यूनीकरण गर्न तीनै सरकारले काम गरिरहेका छन्। स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ। तीन सरकारले गरेर अगाडि बढेमा यो न्यूनीकरण गर्न सकिन्छ।’

उहाँले मानव बेचबिखनका कारणहरूलाई पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रिबी र अशिक्षालगायतका कारणले मान्छे मानव बेचबिखनमा पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैर सरकारी संघ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अमरगढी नगरपालिकाका कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.