भोलि बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटमार्फत सुशासन कायम गर्ने उद्दे्श्यका साथ बजेट निर्माणमा जुटेको छ ।

भदौ २० भित्र बजेट ल्याउने तयारी गरेको मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले वित्तीय अनुशासन कायम गर्ने लक्ष्यका साथ बजेट ल्याउन लागेको हो ।

Amargadhi Education

असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको नियमित बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले नयाँ बजेटमार्फत सुशासन कायम गर्ने उद्देश्यका साथ तयारी थालेको हो ।

अजयमेरु फाैजी केरा

यसका लागि प्रदेश सरकारले बजेट निर्माणका सम्बन्धमा चार वटा आधार सार्वजनिक गरेर बजेटमार्फत प्रदेशको विकासमा सुशासन कायम गर्ने बताएको छ ।

विगतमा बजेट निर्माणका क्रममा व्यापक, भ्रष्टाचार, कमिसनतन्त्र र बिचौलिया हाबी भएको भन्दै अब सो कार्य निरुत्साहित गरेर बजेटमार्फत प्रदेशमा सुशासन कायम गर्ने प्रदेश सरकारका मुख्यमन्त्री शाहको दाबी छ ।

यस अन्तर्गत प्रदेश सरकारले २५ लाखभन्दा माथिको सिलिङ कायम गरेर बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यका आधारमा २५ लाख रुपियाँभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए कार्ययोजनासहित ससर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने गरी बजेटको आधार तय गरेको उनले बताए ।

यसरी बजेट ल्याउनुभन्दा पहिला यी आधार तय गरेपछि धनगढीका होटलमा बास बसेर बजेट माग गर्नेको ८० प्रतिशत चाप कम भएको मुख्यमन्त्री शाहले बताए।

यसअघिका सरकारले ससाना रकमको योजना बनाई प्रदेश सरकारले उपभोक्ता समितिमार्फत काम गर्दै आएकोमा सो कार्य अब रोकिने उनले बताए । विगतमा व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दा देखिने गरी विकास नभएको र भ्रष्टाचार बढेकाले अब यसो गर्न नसकिने मुख्यमन्त्री शाहको भनाइ छ  ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.