बोहरा मेडिको सेन्टर

चट्याङ लागेर अस्ताए डडेल्धुराका अम्मरबहादुर

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर  विष्टको मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले जानकारी दिए।

CNA
GBL NEW

विष्ट आइतबार बाख्रा चराउन स्थानीय धरमपानी सामुदायीक वनमा गएका थिए।

तर साँझ बाख्रा मात्रै घर आएपछि स्थानीयले विष्टको खोजी सुरू गरेका थिए। उनी आज बिहान सोही जंगलमा मृत फेला परेको वडाध्यक्ष भाटको भनाइ छ।

अहिले इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.