काठमाडौं : सुनको मूल्य हालसम्मकै उच्च भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ।
यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ।
अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो।
दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ।
अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ।