साफ यू- २० च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

dream cafe
learnar

काठमाडौं : साफ यू- २० च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ।

आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने फाइनल खेलमा उपाधिका लागि नेपाल र बंगलादेश मैदानमा उत्रँदै छन्।

GBL NEW

नेपालले समूह चरणमा बंगलादेशलाई पराजित गरिसकेकाले उच्च मनोवलका साथ मैदानमा उत्रनेछ।

उता बंगलादेश भने समूह चरणमा व्यहोरेको हारको बदला लिँदै उपाधि कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेशले फाइनलमा पुग्दै नेपालसँगको भेट पक्का गरेको हो।

नेपालले भने सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.