प्रकाशको नागरिकता बनाउन सहजीकरण गर्न प्रधानमन्त्रीले दिए गृहसचिवलाई निर्देशन

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङको नागरिकता चाँडो बनाउनेगरी सहजीकरण गर्न गृहसचिवलाई निर्देशन दिएका छन्।

गृहसचिव एकनारायण अर्याललाई मंगलबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले प्रकाशको नागरितकता बनाउन निर्देशन दिएका हुन्।

Ird
HARDIK AGRo NEw

यसबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी पनि दिएका छन्।

उनले आफूले प्रकाशलाई टेलिफोन गरी बुझ्दा पहिलो प्राथमिकता नागरिकता नै रहेको बुझेपछि तत्काल गृहसचिवलाई बोलाएर त्यसका लागि पहल गर्न भनेको उल्लेख गरेका छन्।

गृहसचिव अर्यालले पनि तीन चारभित्रै प्रकाशलाई नागरिकता दिलाउनेगरी सहजीकरण गर्ने बताएको प्रधानमन्त्री ओलीले बताएका छन्।

हेर्ने कथाको टिमले प्रकाशलाई उनको परिवारसँग पुनर्मिलन गराएको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.