लिजा मूल्यांकनमा भागेश्वर पहिलो हुँदा नवदुर्गा अन्तिम, अन्य पालिका के भए ?

learnar

डडेल्धुरा : स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा भागेश्वर गाउँपालिका जिल्लामा प्रथम भएको छ। जिल्लाको ७ वटा स्थानीय तहमध्ये लिजामा भागेश्वर गाउँपालिका पहिलो बनेको हो।

आर्थिक वर्ष २०७९/८० मा भागेश्वर गाउँपालिकाले ७७.७८ अंक ल्याएर पहिलो बन्न सफल भएको हो।

Ird
Ghatal Sta

७१.५० अंक ल्याएर अमरगढी नगरपालिका दोस्रो भएको छ भने ७०.७५ अंक ल्याएर आलिताल गाउँपालिका तेस्रो भएको छ। त्यसपछि क्रमसः ६७.५० अंक ल्याएर परशुराम नगरपालिका चौथो, ६५.२५ अंक ल्याएर गन्यापधुरा गाउँपालिका पाँचौ, ६२.२५ अंक ल्याएर अजयमेरु गाउँपालिका छैठौं र ५९.७५ अंक ल्याएर नवदुर्गा गाउँपालिका सातौं अर्थात् अन्तिम भएको छ।

लिजाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा पवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा व्यवस्थापन र सशकार्य र सम्पादनमा अङ्क प्रदान गर्ने गर्दछ।

देशभरका स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए– लिजा) कार्यान्वयनमा रहेको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्वमूल्याङ्कन गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ।

यो प्रणालीमा स्थानीय तहले निश्चित सूचकका आधारमा आफ्नो मूल्याङ्कन आफैँ गरी आफैँबाट सुधारको मार्गप्रशस्त गर्नसक्ने व्यवस्था गरिएको छ ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.