आगामी असोजमा डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदै

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा अन्तर पालिकास्तरीय महिला तथा पुरुषको खुल्ला शुभकामना कप २०८१ भलिबल प्रतियोगिता हुने भएको छ।

शुक्रबार जिल्ला भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्रबहादुर ठगुन्नाको अध्यक्षतामा बसेको बैठकले दशैँ र तिहारको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

GBL NEW

नेपालको राष्ट्रिय खेल भलिबलको व्यापक प्रचारप्रसार र प्रवर्द्धन गर्ने उदेश्यले असोज १७ देखि १९ गतेसम्म प्रतियोगिता आयोजना गरिने जिल्ला भलिबल संघ डडेल्धुराका महासचिव पुस्करबहादुर देउवाले जानकारी दिए।

उनका अनुसार बैठकले जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भलिबल खेलाडीहरूलाई सम्मान गर्ने निर्णय पनि गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.