अस्पतालको शय्यामा छट्पटाउँदै डडेल्धुराकी बन्दना, सहयोग गर्ने मल्लको घोषणा

dream cafe
learnar

डडेल्धुरा : समाजसेवी विनय प्रकाश मल्लले साइकल दुर्घटनामा परि घाइते भएकी डडेल्धुराको अमरगढी नगरपालिका-५ खलंगाकि १७ वर्षीया किशोरी बन्दना लिम्बूलाई आर्थिक सहयोगको घोषणा गरेका छन्।

अमरगढी नगरपालिका-५ खलंगा घर भइ हाल जापानमा रहेका मल्लले घाइते लिम्बूलाई १५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्।

GBL NEW

साउन ३१ गते अमरगढी नगरपालिका– ५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन। टाउकोमा गम्भीर चोट लागेका उनकाे धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

उनका बुवा युवराज लिम्बूका अनुसार बन्दनाको उपचारका लागि दैनिक ५० हजार खर्च भइरहेको छ।

दैनिक ज्यालादारी गरेर घर चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ। बन्दना महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत छिन्।

उनको उपचारका लागि सबैलाई सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। उनलाई सहयोग गर्न चाहनेले निम्न बैंक खातामार्फत् रकम पठाउन सक्नेछन्।

KumariBank Ltd.

Ac no. 0280317582300001

Dhanmaya Limbu

Mobile no. 9848728582

QR Code-

Ddl dental
Leave A Reply

Your email address will not be published.