सुदूरपश्चिम सरकारले बझाङको पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले एक वक्तव्य जारी गर्दै प्रदेश सरकारले प्रतिव्यक्ति एक लाखको दरले राहत दिने जनाएका हुन्।

GBL NEW

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। गएराति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको थियो।

पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएको छ।

घटनामा परी छ जना घाइते भएका छन्। पहिरोमा परेको परिवारको तत्काल उद्धार र राहतका लागि निर्देशन दिएको मुख्यमन्त्रीले जनाएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.