नक्कली भूटानी शरणार्थी प्रकरण : बेचन झालाई जेल पठाउन आदेश

dream cafe
learnar

काठमाडौं : नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई अदालतले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई पुर्पक्षका लागि थुनामा राख्न आइतबार आदेश दिएको फाँटवाला सुरेन्द्र पौडेलले बताए। झा विरुद्ध ठगी, लिखत कीर्ते, राज्य विरुद्धको अपराध र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दायर गरिएको छ।

GBL NEW

झा पक्षका कानून व्यवसायीले धरौटीमा रिहा गर्न माग गरेका थिए। तर न्यायाधीश केसीले त्यसलाई अस्वीकार गर्दै थुनामा पठाउन आदेश दिएका हुन्।

पर्साको वीरगन्ज-७ का ६६ वर्षीय झा पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए। नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि उनी भागेर भारत पुगेका थिए।

उनलाई असार १३ गते पक्राउ गरिएको छ। कञ्चनपुरको गड्डाचौकी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले दाबी गरेको थियो। उनी विरुद्ध साउन २९ मा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.