दार्चुलाका घुस्याहा कर्मचारी धामीद्वयले घुस खाएको पुष्टि, मुद्दा दर्ता

dream cafe
learnar

डडेल्धुरा : घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धामीसहित कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध पनि मुद्दा अघि बढाएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले गत असार ३१ गते उनीहरुलाई चार लाख १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। त्यस्तै, अशोकको नाममा लेखिएको साढे दुई लाखको दुईवटा चेक पनि अख्तियारले बरामद गरेको थियो।

अनुसन्धानको क्रममा कृषि सामग्री खरिदबापत भुक्तानी गर्नुपर्ने रकमको चेक उनीहरुले कृषक समूहबाट संकलन गरी आफूसँग राखेर भुक्तानी गर्नका लागि सेवाग्राहीबाट घुस मागेको पुष्टि हुन आएको अनुसन्धानबाट खुलेको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम नौ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित दुवै जनाउपर आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.