बोहरा मेडिको सेन्टर

साइकल दुर्घटनामा परेकी बन्दनाको उपचारमा आर्थिक समस्या

dream cafe
learnar

डडेल्धुरा : आर्थिक अभावका कारण डडेल्धुराको अमरगढी नगरपालिका-५ खलंगाकि १७ वर्षीया किशोरी बन्दना लिम्बूको उपचारमा समस्या भएको छ।

बन्दना, महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत छिन्।  साउन ३१ गते अमरगढी नगरपालिका-५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन्।

CNA
GBL NEW

दुर्घटनामा परेर उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनको धनगढी, कैलालीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

उनका बुवा युवराज लिम्बूका अनुसार बन्दनाको उपचारका लागि दैनिक ५०/६० हजार खर्च भइरहेको छ।

दैनिक लेवरी गरेर घर धन्दा चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.