मिटर रिडर अस्मिता बेपत्ता, खोज्दै प्राधिकरण

dream cafe
learnar

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विराटनगरस्थित कोशी प्रादेशिक कार्यालयका सिनियर मिटर रिडर अस्मिता पोखरेललाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ।

डेढ महिनादेखि बिना जानकारी गैरहाजिर रहेकी उनलाई कार्यालयले आज सार्वजनिक सूचना निकालेर हाजिर हुन निर्देशन दिएको हो।

Ird
HARDIK AGRo NEw

गत असार १३ गतेसम्म बिदा स्वीकृत गराई बसेकी उनी असार १५ गतेदेखि कार्यालयमा हाजिर हुनुपर्नेमा हालसम्म अनुपस्थित रहेको कार्यालयले जनाएको छ।

‘तपाईँ कार्यालयमा अनुपस्थित हुनुभएको मितिले ९० दिनभित्र स्वयं कार्यालयमा हाजिर हुन आउनुहोला,’ कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ।

अन्यथा, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ (संशोधनसहित) को विनियम ८३ (३) बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.