बोहरा मेडिको सेन्टर

डोटी बस दुर्घटना : यी हुन् घाइते [नामसहित]

dream cafe
learnar

डोटी : डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार दुर्घटनामा चालक सहित १७ जना घाइते भएका छन्।

CNA

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४९१ नम्बरको रात्रि बस शुक्रवार बिहान ४ः २० बजे दुर्घटना भएको हो। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।

धनगढीबाट बुधवार जिल्लाको केआइसिंह गाउँपालिका वायलका लागि छुटेको रात्रि बस दुर्घटना भएको हो। बस सडकबाट स्थानीयको घर माथि खसेको थियो।

GBL NEW

घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते १६ जना बसमा सवार यात्रुहरू हुन् भने एक जना घरमा सुतिरहेकी महिला हुन्।

दुर्घटनामा सायल गाउँपालिका– ४ का २४ वर्षीय इन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै, साय गाउँपालिका– ३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका– ६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन्।

दिपायल सिलगढी नगरपालिका–१ तिखाकी ४० वर्षीया डम्बरी खड्का, दिपायल सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय डिल बहादुर नेपाली, , दिपायल सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामी पनि घाइते भएका छन्।

आदर्श गाउँपालिका– ४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय  सन्तोष बोहरा र आशर्द गाउँपालिकाकै वडा नं १ का २३ वर्षीय प्रकाश खड्का, डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– २ की २१ वर्षीया सविता देउवा घाइते भएको प्रहरीले जनाएको छ।

बस चालक शिखर नगरपालिका– १० का २८ वर्षीय भरत रावल र बसका साहु केआईसिंह गाउँपालिका– २ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.