बोहरा मेडिको सेन्टर

अमरगढी पूर्ण खोप सुनिश्चितता घोषणा

dream cafe
learnar

डडेल्धुरा: अमरगढी नगरपालिका डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरेको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए।

CNA

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको अथक मेहनतले अमरगढीलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगरप्रमुख जोशीको भनाइ छ।

GBL NEW

‘पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नगरभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन्। स्वास्थ्य क्षेत्रलाई हामीले प्राथमिकता दिएका छौं,’ उनले भने।

खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूर्ण खोप घोषणा गर्न सबैले हातमालो गर्नु पर्ने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले बताए।

नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका उनको भनाइ छ।

पूर्ण खोप घोषणामा सहयोग गरेका महिला स्वयंसेविकालाई सम्मान गरिएको छ।

एउटा शिशुले जन्मेदेखि १५ महिनासम्म विसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइड विरुद्धको खोप लगाउने गरेको अमरगढी स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.