बोहरा मेडिको सेन्टर

डडेल्धुरा जीप दुर्घटना अपडेट : घाइते कृष्णबहादुर अस्ताए, इश्वरी र खिमा धनगढी रेफर

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार अपराह्न सवा ४ बजेतिर सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप अमरगढी नगरपालिका–५ पीपलचौतारा नजिकै नालीमा खसेर दुर्घटना भएको हो।

CNA

दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। उपचारका लागि डडेल्धुरा अस्पताल पुगाउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए।

GBL NEW

दुर्घटनामा ६ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया इश्वरीदेवी विष्ट, ८ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया खिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन्।

घाइतेमध्ये इश्वरी र खिमालाई धनगढी रिफर गरिएको र बाँकी सामान्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए।

जीपमा चालकसहित ८ जना सवार थिए। चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.