परशुुराम नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

dream cafe
learnar

डडेल्धुरा : परशुराम नगरपालिका डडेल्धुराले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ। मंगलबार नगरले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो।

नगरपालिकाले आ.व. २०८०/०८१ मा ५४ करोड ९२ लाख ५६ हजार चालुगत खर्च विनियोजन गरेकोमा ४४ करोड ९९ लाख ७७ हजार खर्च गरेको छ भने १७ करोड ९ लाख ५० हजार पुँजिगत विनियोजन गरेकोमा खर्चमा ११ करोड ८६ लाख ६१ हजार खर्च भएको परशुराम नगरपालिका डडेल्धुराका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताइन्।

GBL NEW

यसमा कुल बजेटको ७९.१६ प्रतिशत खर्च भएको छ। चालुतर्फ ८२.१० प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगत तर्फ ६९.७० प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय भट्टद्धारा सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै नगरपालिकाले आव २०८०/०८१ मा ९४ लाख २६ हजार ६७५ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

नगरपालिकाका सबै शाखाको समिष्टगत वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरकोे सेवाको विषयमा सवाल जवाफ भएको थियो।

सुनुवाइ कार्यक्रममा नेपाल भारत सिमा जोड्ने महाकालीमा पक्की पुल, बाङघाट तारोत्तार घाट सुचारु, परशुराम धामलाई धार्मिक क्षेत्रको रुपमा अगाडि बढाइ आन्तरिक तथा बाह्य पर्यटक भित्राउनमा पहल गरिनुपर्ने लगाएतका प्रश्न तथा सुझावहरु उच्च प्राथमिकतामा रहेका थिए।

सवाल जवाफ कार्यक्रममा भौतिक पूर्वाधार निर्माणका कार्यक्रमलाई अझै चुस्त बनाउनु पर्ने, शैक्षिक गुणस्तरमा, वडा नम्बर ४, ५ र ६ लाई पूर्ण मदिरा निशेधित क्षेत्र घोषणा गरिनु पर्ने, पालिकाका दुर्गम क्षेत्रका महिलाको स्वास्थ्यलाई मध्येनजर गर्दै आवश्यक स्वास्थ्य प्रवन्ध मिलाउनु पर्ने, परशुराम नगरपालिकालाई कृषिमा आत्मनिर्भर पालिका बनाउनु पर्ने, छाडा पशुचौपाया व्यवस्थापनका लागि गौशाला निमार्णको कार्यलाई पूर्णता दिनुपर्ने लगाएतका प्रश्न तथा सुझावहरु प्राथमिकतामा रहेका थिए।

कार्यक्रममा उठेका प्रश्न तथा सुझावमा नगरप्रमुख भरतबडायर जोशीले आफ्नो जिवनको कलिलो उमेर परशुराम नगरपालिकाको जनताको सेवामा समर्पित गरेको बताए। उनले चुनावमा गरेको प्रतिवद्धता आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाए।

परशुराममा कृषि, शैक्षिक र खेलकुदको विकासमा आफ्नो प्राथमिकता बढी रहेको उनको भनाइ थियो। सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रममा उठेका सवालहरुले पालिकालाई थप पृष्ठपोषण भएकाले समृद्ध नगर निर्माणका लागि आफू लगायतको नेतृत्वले काम गरिरहेको बताए।

नगरको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर वृद्धि, कृषि क्षेत्रमा नविनतम आयोजना निर्माण, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा सकारात्मक सुधार ल्याउनेमा मेयर जोशीले विश्वस्त पारे।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, जेष्ठ नागरिक लगायत सामाजिक अगुवाको उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.