काँग्रेसका कमलबहादुर सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गरेका छन्।

नेकपा एमालेको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित उनले आज दिउँसो दावी प्रस्तुत गरेेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर २९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेको कांग्रेस सांसद पदमबहादुर शाहीले जानकारी दिए।

गत शुक्रबार मुख्यमन्त्री दीर्घ साेडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए।

५३ सदस्यीय प्रदेश सभामा बहुमतको लागि २७ सांंसद आवश्यक पर्छ। यहाँ कांग्रेस १८ र एमालेका ११ सांसद मिल्दा स्पष्ट बहुमत पुग्ने भएकाले साना दललाई सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छैन।

यद्यपि, नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा लैजाने तयारी भइरहेको बुझिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.