डडेल्धुरामा चितुवा मृत फेला, बदेलले हानेको आशंका

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ।

जिल्लाको अजयमेरु गाउँपालिका -३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा उक्त चितुवा मृत अवस्थामा फेला परेको हो।

GBL NEW

चितुवा मृत फेला परेको ठाउँमा जाँचबुझका लागि जिल्ला वन कार्यालय डडेल्धुराको टोली पुगेको छ।

चितुवा कसरी मर्यो भन्ने एकिन नभएपनि बदेलले हानेर मृत्यु भएको आशंका गरिएको डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सुरेशचन्द्र डीसीले जानकारी दिए।

केहीदिन अगाडी जिल्लाकै गन्यापधुरा गाउँपालिका-१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.