सामाजिक सुरक्षा भत्ता वितरण गर्न अध्यक्ष अवस्थी गाउँगाउँमा

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको छ।

पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र प्रभु बैंक नवदुर्गा शाखा कार्यालयको संयुक्त आयोजनामा पालिका भित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको हो।

GBL NEW

शिविर मार्फत अहिले चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए।

प्रभु बैंक र नवदुर्गा गाउँपालिकाको सयुक्त आयोजनामा (हिजो)साउन १४ गतेबाट नवदुर्गा गाउँपालिका–५ को भूमिराज आवि र विजयाशैनी मावि चामाबाट ६० वर्षभन्दा माथिका आशिंक तथा पूर्ण अशक्तलाई भुक्तानी वितरण कार्य सुरु गरिएको उनले बताए।

वृद्धवृद्धा, अशक्त र अपागंता भएका व्यक्तिहरुको सहजताका लागि गाउँ गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहको अध्यक्ष अवस्थीले बताए।

आज १५ गते वडा नम्बर २ को भुवनेश्वरी मावि बडबसन्तपुर, वडा कार्यालय र बडममा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। भत्ता वितरण कार्यक्रममा अध्यक्ष अवस्थी स्वयम् उपस्थित थिए।

अध्यक्ष अवस्थीका अनुसार साउन १६ गते नवदुर्गा गाउँपालिका–३ को वडा कार्यालय, डाडावन, दावली र घोटचोरा, १७ गते नवदुर्गा गाउँपालिका–४ को सुन्केश्वरीगिल्लेश्वरी आवि, जनक आवि र वडा कार्यालयमा सञ्चालन हुने छ।

पालिकाले गाउँघरमै भत्ता वितरण गर्न थालेपछि सेवाग्रही खुसी छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.