एसईईमा सबै विद्यार्थी फेल, गाउँलेले मागे प्रअको राजीनामा

dream cafe
learnar

धनगढी : कैलालीको एक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू एसईई परीक्षामा अनुत्तीर्ण भएपछि गाउँलेले विद्यालयका प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीहरूको राजीनामा मागेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका स्थानीयले राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका हुन्।

Amargadhi Education

विद्यालयमा अध्ययन विद्यार्थीहरू २०८० को एसईईमा सहभागी कोही पनि विद्यार्थी उत्तीर्ण नभएपछि गाउँलेहरूको आइतबार बसेको भेलाले राजीनामा माग गरिएको हो। गाउँका भलमन्सा फिरुराम चौधरीको अध्यक्षतामा बसेको भेलाले सो निर्णय गरेको गाउँका स्थानीय दयाशंकर चौधरीले बताए।

अजयमेरु फाैजी केरा

गाउँको भेलाले विद्यालयका प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक संघका पदाधिकारीको राजीनामा माग गरेका हुन्।

गाउँलेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रधानाध्यापकसहितका पदाधिकारीले राजीनामा दिनुपर्ने निर्णय गरेका हुन्।

सो विद्यालयबाट ४४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा कोही पनि उत्तीर्ण भएका छैनन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.