डडेल्धुराका तीन जना विद्यार्थी लुम्बिनी एकेडेमीमा निशुल्क भर्ना

dream cafe
learnar

डडेल्धुरा :काठमाडौंको लुम्बिनी एकेडेमीक फाउन्डेसनले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने डडेल्धुराका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई यसवर्ष पनि छात्रवृत्ति उपलब्ध गराउने सहमतिअनुसार तीन विद्यार्थी भर्ना भएका छन्।

लुम्बिनी एकेडेमी चावहिलमा आलिताल गाउँपालिकाका दुई र अजयमेरु गाउँपालिकाका एक विद्यार्थीलाई भर्ना गरिएको नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए।

Amargadhi Education

ल्याव शुलक वाहेक अन्य सवै शुल्क नलाग्ने गरि निशुल्क भर्ना गरिएको हो।

उनका अनुसार आलिताल गाउँपालिका- २ का दिपेश मल्ल र दिपिशा मल्ल तथा अजयमेरु गाउँपालिका-१ का प्रदिप भण्डारीलाई भर्ना गरिएको हो।

अजयमेरु फाैजी केरा

उनीहरु पतीनै जना विज्ञान संकाय अध्ययनका लागि भर्ना भएका हुन्।

नेविसंघ डडेल्धुराका अध्यक्ष ऐरका अनुसार उनीहरुले अध्ययनका क्रममा प्रयोगशाला शुल्क मात्रै तिर्नुपर्नेछ भने अन्य सबै शुल्क नलाग्ने गरि निशुल्क भर्ना गरिएको हो।

यसवर्ष उत्कृष्ट नतिजा ल्याउने डडेल्धुराको सात वटा पालिकाबाट एक/एक जना गरी जम्मा ७ जनालाई पूर्ण र प्रत्येक पालिकाबाट ३ जनालाई आंशिक गरी जम्मा २८ जनालाई छात्रवृत्ति प्रदान गर्ने गरी लुम्बिनी एकेडेमिक फाउन्डेसनसंग नेपाल विद्यार्थी संघ डडेल्धुराले सम्झौता गरेको थियो।

सम्झौताअनुसार ७ जना विद्यार्थीहरुले परीक्षा तथा प्रयोगात्मक शुल्क मात्र तिर्नु पर्नेछ भने आँशिक छात्रवृत्ति पाउने २१ जनालाई वार्षिक शुल्कको ७५ प्रतिशत छात्रवृत्ति दिइने छ।

अघिल्लो वर्ष नै काठमाडौंको चावहीलस्थित चुच्चेपाटीमा रहेको लुम्बिनी एकेडेमिक फाउन्डेसनका प्रवन्ध निर्देशक रविन चन्द्र कोइराला, नेपाल विद्यार्थी संघ केन्द्रीय सदश्य भुवन भट्ट र नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले उक्त सम्झौता गरेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.