डडेल्धुराका जोशी एआईजीमा सिफारिस

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा पुर्खयौली घर भएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षकमा सिफारिस भएका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका ५ परिगाउँ पुर्खयौली घर भएका जोशीलाई गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो।

GBL NEW

तत्कालीन एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो।

उसो त यस अगाडि पोषराज पोखरेलको पनि बढुवा सिफारिस भएको थियो। तर, सोही समयमा सरकारमा उथलपुथल भएपछि उनी बढुवा नभई अवकाशप्राप्त बनेका थिए।

जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाकिमको रुपमा कार्यरत छन्। तर, उनको दरबन्दी भने दरबन्दी प्रहरी प्रधान कार्यालयमा छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.