अजयमेरुको सार्वजनिक सुनुवाई सम्पन्न

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिका डडेल्धुराले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ।

आज (आइतबार) गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो।

GBL NEW

गाउँपालिकाले आ.व. २०८०/०८१ मा ४५ करोड ८८ लाख १ हजार ३०० को अनुमानित बजेट ल्याएको थियो।

जसमध्ये ४२ करोड २२ लाख ८६२ रुपियाँ निकासा भएको अजयमेरु गाउँपालिका डडेल्धुराका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले बताए।

प्रमुख प्रशासकीय अधिकृत ओझाका अनुसार निकासा रकमको कुलखर्च ४० करोड १० लाख ५८ हजार ९३६ रहेको छ।

यसमा कुल बजेटको ९४.९८ प्रतिशत खर्च भएको छ। चालुतर्फ ९४.६३ प्रतिशत खर्च गरेको गाउँपालिकाले पुँजीगत तर्फ ९६.४६ प्रतिशत खर्च भएको ओझाद्धारा प्रस्तुत वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै गाउँपालिकाले आव २०८०/०८१ मा ४३ लाख ४ हजार ८७० रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

गाउँपालिकाका सबै शाखाको समिष्टगत वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउँपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो।

सुनुवाईमा सडक संजाल विस्तार तथा व्यवस्थीत गर्नुपर्ने, शैक्षिक गुणस्तर वृद्धिमा ध्यानदिनुपर्ने, कृषि क्षेत्रको लगानी बढाउनुपर्ने, पालिकामा मदिरा निषेधित गरिएकाले सो कार्यलाई निरन्तरता दिदै थप परस्कृत गर्नुपर्ने लगायतका प्रश्न तथा सुझावहरु प्राथमिकतामा रहेका थिए।

सुनुवाइ कार्यक्रममा बोल्दै अजयमेरु गाउँपालिका डडेल्धुरा अध्यक्ष उमेश भट्ट (विकास) ले पालिकाको समग्र विकासका लागी जनप्रतिनिध, कर्मचारी र स्थानीय जनताको त्रिपक्षीय समन्वय आवश्यक रहेको बताए।

सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रममा उठेका सवालहरुले पालिकालाई थप पृष्ठपोषण भएकाले समृद्ध पालिका निर्माणका लागी आफु लगायतको नेतृत्वले काम गरिरहेको बताए।

पालिकाको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर वृद्धि, कृषि क्षेत्रमा नविनतम आयोजना निर्माण, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा सकारात्मक सुधार ल्याउनेमा अध्यक्ष भट्टले विश्वस्त पारे।

कार्यक्रममा स्थानिय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, जेष्ठ नागरिक, विद्यार्थी लगायत सामाजिक अगुवाको उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.