अजयमेरूले एकै पटक गर्‍यो कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता

dream cafe
learnar

डडेल्धुरा : अजयमेरू गाउँपालिकाले पालिकाका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरेको छ।

पालिकाले वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझासहित एकै पटक पालिकाका विभिन्न शाखाका शाखा प्रमुख कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरेको हो।

GBL NEW

सुरुमा पालिका प्रमुख उमेशप्रसाद भट्ट (विकास) र प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाबीच पहिलो कार्यसम्पादन करार सम्झौता भएको थियो।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली २०६५, स्थानीय सरकार सञ्चालन ऐन २०७४, सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ तथा संघीय र प्रदेश सरकारद्वारा विभिन्न समयमा जारी निर्देशनहरूको अधीनमा रही कार्य सम्पादन गर्ने गरी पालिकाका प्रमुख भट्टसँग प्रमुख प्रशासकीय अधिकृत ओझाले कार्यसम्पादन सम्झौता गरेका हुन्।

पालिकाको सभा हलमा आज (आइतबार) भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओझाले शाखा प्रमुख र आफू मातहतका कार्यचारीहरुसँग कार्यसम्पादन करार सम्झौता गरे।

कार्यक्रममा सम्झौता स्थानीय तहको विकासका लागि महत्त्वपूर्ण रहेको अध्यक्ष भट्टले बताए।

उनले कार्य सम्पादन करार सम्झौता महत्त्वपूर्ण दस्तावेज भएको बताए।

कर्मचारीले करार सम्झौतामा उल्लेखित सर्तहरू बेलाबेला अध्ययन गरे कार्य सम्पादनमा सहज हुने उनले विश्वास व्यक्त गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.