नवदुर्गामा  इन्जिनियर बोहराको घुस आतंक !

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाका इन्जिनियर महेन्द्र बोहराले पालिकामा घुस आतंक मच्चाएको आरोप लागेको छ।

उनले  पालिका अन्तरगतका  योजनाका ठेकदार तथा उपभोक्ता समितिले गरेको लापरबाहीलाई ढाकछोप गर्दै  रकम निकासा गर्न सहयोग गरे वापत भेटी (घुस) रकम बुझ्ने गरेको आरोप छ।

Ird

आर्थिक रुपमा लिप्त बोहरा पछिल्लो समय पालिकामा घुसकाण्डले परिचित छ्न्।

पालिकाबाट सञ्चालन हुने हरेक विकास निर्माणका कार्यमा उनलाई घुस नदिँदा उनले निर्माण व्यवसायी होस् वा उपभोक्ता समितिलाई दुख दिने गरेकाे आरोप निर्माण व्यवसायीको छ।

उनले  पैसा नदिए काम सम्पन्न गरिसके  पनि भुक्तानीको लागि कार्यसम्पादन प्रतिवेदन तयार नगरिदिने र पैसा दिए निर्माण सम्पन्न नभइकनै प्रतिवेदन तयार गर्ने गरेको बुझिएको छ।

HARDIK AGRo NEw

स्रोतका अनुसार  उनले गैरकानुनी रूपमा  कराेडाै रुपैयाँ आर्जन गरिसकेकाे भन्दै अख्तियार, सम्पत्ति सुदृढीकरण विभाग लगाएतमा उजुरी परेको छ।

नाम नबताउने सर्तमा एक जना निर्माण व्यवसायीले भने,  ´महेन्द्र जस्तो भ्रष्टाचारी इन्जिनियर यो धर्तीमै छैन्। मैले नै धेरै पटक रुपैयाँ दिएको छु।`

इन्जिनियर बोहराबाट आजित बनेका निर्माण व्यवसायीहरू स्वयम् पालिका र अख्तियारमा उजुरी दिइरहेका छन्।

यता, इन्जिनियर बोहरा भने सरकारी कर्मचारीलाई हेर्ने नजरिया नै फरक भएको बताउँछन्। उनी आफूमाथि मिथ्या आरोप लगाएको दाबी गर्छन्।

अख्तियार लगाएतमा उजुरी परेको विषयमा उनले आफू अनविज्ञ रहेको बताउँदै अख्तियारलाई थाहा होला भन्ने जवाफ दिए।

(यो समाचारसँग सम्बन्धित प्रमाणहरू हामीसँग सुरक्षित छन्।  पीडितको  गोपनीयताका लागि सार्वजनिक गरिएको होइन्) – सम्पादक

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.