जिल्ला दररेट मनोमानी ढंगले बनाएको भन्दै डडेल्धुराका व्यवसायीको आपत्ति, सीडीओलाई बुझाए विज्ञप्ति

dream cafe
learnar

डडेल्धुरा: आर्थिक वर्ष २०८१/८२ का लागि जिल्ला दररेट मनोमानी ढंगले बनाएको भन्दै डडेल्धुराका व्यवसायीले आपत्ति जनाएका छन्।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका व्यवसायिक संघसंस्थाहरू जिल्ला दररेटप्रति आपत्ति जनाएका हुन्।

GBL NEW

डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्ट, निर्माण व्यवसायी संघका अध्यक्ष भवानीदत्त अवस्थी र डडेल्धुरा हार्डवेयर संघका अध्यक्ष लालमणी पन्तले संयुक्त प्रेस विज्ञप्तिमार्फत् व्यवसायिक संघसंस्थाहरूलाई बेवास्था गरी एकहोरो रूपमा जिल्ला दररेट निर्धारण गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

असार ३० गते (आइतबार) जिल्ला दररेट निर्धारण समितिको बैठकले कुनै पनि वैज्ञानिक छलफल र बजार दररेटको पनि वास्ता नगरी एकहोरो रूपमा जिल्ला दररेट निर्धारण गरेको यहाँका व्यवसायीहरूको आरोप छ ।

उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला बाहिरबाट आयात हुने सामग्रीहरूको हकमा कैलाली जिल्लाको दररेटलाई आधार मानेर कैलालीमा उत्पादन नै नहुने निर्माण सामग्रीको समेत दररेट निर्धारण गर्दा कैलालीको जिल्ला दरमा भाडा मात्र जोडी एकतर्फी रूपमा व्यवसायिक संघसंस्थाहरूको कुरा नसुनेर मनोमानी ढंगले बनाइएको जिल्ला दररेटप्रति हाम्रो घोर आपत्ति रहेका समेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं।’

जिल्ला दररेट कायम गर्दा उत्पादन स्थल तथा कैलाली जिल्लाको दररेटलाई आधार मानेर निर्धारण गर्दा पनि भाडा तथा अन्य लोडिङ, अनलोडिङ र स्थानीय व्यवसायिक मार्जिनसमेत संलग्न गरी वैज्ञानिक दररेट निर्धारण गराउन जिल्ला दररेट समितिलाई अनुरोध गरिएको छ।

डडेल्धुराका व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू उक्त विज्ञप्तिलाई प्रमुख जिल्ला अधिकारी अधिकारी अञ्जन न्यौपानेलाई समेत बुझाएका छन् ।

Ddl dental
Leave A Reply

Your email address will not be published.