बोहरा मेडिको सेन्टर

भानु जयन्तीको अवसरमा डडेल्धुरामा कविता प्रतियोगिता, क्याम्ब्रीजकि यमुना प्रथम

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा २११औं भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता गरिएको छ।

आज (शनिबार) डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजना तथा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको सहयोगमा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिताको आयोजना गरिएको हो।

CNA

कविता प्रतियोगितामा अमरगढी नगरपालिकाका ७ वटा विद्यालयको सहभागीता रहेको डडेल्धुरा सार्वजनिक पुस्तकालयका अध्यक्ष गजेन्द्र शाहीले बताए।

शाहीका अनुसार क्याम्ब्रिज पब्लिक स्कुलकि छात्रा यमुना रोकाया प्रथम, माउन्टेन मावि बागबजारकि छात्रा शोभा बिष्ट द्वितीय र महेन्द्र माविका छात्र आशुतोष पन्त तृतीय भएका छन्।

GBL NEW

प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई जनही सात हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको उनले बताए।

यसैबीच, गत वर्षको एसईइ परिक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ।

संस्थागत विद्यालयबाट उत्कृष्ट हुने माउन्टेन माविकि छात्रा बन्दना भट्ट र सामुदायिक विद्यालयबाट देवल माविका छात्र सुभाष पनेरू रहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.