बोहरा मेडिको सेन्टर

महाकालीले गर्‍यो खतराको तह पार, बनबासा पुलमा सवारीसाधन चलाउन बन्देज

dream cafe
learnar

डडेल्धुरा : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो।

CNA
GBL NEW

साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए।

आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६६० क्युसेक रहेको छ।

‘शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ,’ उनले भने।

शनिबार साझँ महाकालीमा एक लाख ५ हजार क्युसेक पानी मापन गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.